कांग्रेस नेता सिहं भन्छन्: प्रजातन्त्रका लागि लडेको पार्टीमै आन्तरिक प्रजातन्त्र छैन

कांग्रेस नेता सिहं भन्छन्: प्रजातन्त्रका लागि लडेको पार्टीमै आन्तरिक प्रजातन्त्र छैन
राजनीति

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि लडेको पार्टीमै आन्तरिक  प्रजातन्त्र नभएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । सोमबार भएको कार्यक्रममा उनले सभापति शेरबहादुर देउवाको कार्यशैलीकै कारण निर्वाचनमा पार्टी पराजित भएको टिप्पणी गरे ।

उपसभापति, महामन्त्री, विभाग बनाएको भए पार्टीले चुनावमा नाजुक अवस्था बेहोर्नुपर्ने थिएन । उनले भने–‘व्यक्तिको पूजा गरेर होइन विचारको पूजा गरेर अब अघि बढ्नुपर्छ ।’

‘पार्टीलाई विधि र नियमसंगत तरिकाले चलाउनुपर्ने भए पनि १३ औं महाधिवेशनपछि नेतृत्वले त्यो गर्न सकेन । जो नेतृत्वमा आउनुभयो, उहाँहरुले विधान मान्नुभएन । उहाँ जुन विधानबाट सभापति हुनुभयो । पदमा पुगेपछि विधानलाई वास्ता नगरीकन काम गर्दा पार्टी पराजित हुन पुग्यो ।’ उनले भने,  ‘प्रजातन्त्रका लागि लडेको पार्टीमा आन्तरिक प्रजातन्त्र नै छैन।’

Post Comment