एमाले माओवादी एकिकरण कम्युनिष्ट पार्टी स्थापनाकै दिन: नारायकाजी

एमाले माओवादी एकिकरण कम्युनिष्ट पार्टी स्थापनाकै दिन: नारायकाजी
राजनीति

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले माओवादी केन्द्र र एमालेबीच कम्युनिष्ट पार्टी स्थापनाका दिन पार्टी एकिकरण हुने बताएका छन् ।

नेता श्रेष्ठले वाम गठबन्धनले ल्याएको पूर्ण उपलब्धिसँगै पार्टी एकीकरण अन्तिम विन्दुमा पुगेको हुँदा अब कम्युनिष्ट पार्टी नेपालमा स्थापना भएकै दिन पूर्णता पाउने बताए । गोर्खा काठमाडौं जनसांस्कृतिक मञ्च र सहिद लखन गाउँपालिका काठमाडौं जनसम्पर्क मञ्चको संयुक्त आयोजनामा भएको ‘प्रतिनिधि सभा एवं प्रदेश सभामा विजयीहरु सांसदहरुलाई शुभकामना’ कार्यक्रममा प्रमुख अतिथिको सिटबाट बोल्दै नेता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन भित्र एकिकरण हुनेमा शंका नगर्न आग्रह गरे ।

समृद्ध गोरखा र समृद्ध मुलुकका लागि गोरखा जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेश सभा र प्रतिनिधि सभामा विजयी भएका सम्पूर्ण सांसदहरुलाई बधाई एवं शुभकामना दिँदै जनचाहना अनुसार मुलुकको विकासमा अघि बढ्न समेत श्रेष्ठले आग्रह गरे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्यमा विजयी वाम गठबन्धनका उम्मेदवार हरि अधिकारी र समानुपातिकतर्फका चुडमणि खड्काको उपस्थिति रहेको थियो भने प्रदेश सभाका रामशरण बस्नेत र लेखबहादुर थापा भने ४ नं प्रदेशको कार्यव्यस्तताले अनुपस्थित थिए । त्यसैगरी कार्यक्रममा सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा, नेकपा एमाले जनसम्पर्क मञ्चका इन्चार्ज कमल दानी, सहिद लखन गाउँपालिका काठमाडौं सम्पर्क मन्च नेपाली कांग्रेसका अध्यक्ष नरहरि न्यौपाने, वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष रामप्रसाद भन्तनाले कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य स्थिर खनाल, प्रेम श्रेष्ठ, दुर्गा श्रेष्ठ, सहिद परिवारको तर्फबा सहिद सुरेश वाग्लेकाका सुपुत्र विकास वाग्ले, गोरखा जनसांस्कृतिक मन्चका सल्लाहकार नवराज अम्गाईं, दिपक अर्याल, उत्तम गुरुङ, त्यस्तै सहिद लखन गाउँपालिका काठमाडौं जनसम्पर्क मन्चका सल्लाहकार उत्तम कुमार श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।

Post Comment