देउवा आएपछि काङ्ग्रेस पार्टी लथालिङ्ग : प्रकाशमान सिंह

देउवा आएपछि काङ्ग्रेस पार्टी लथालिङ्ग : प्रकाशमान सिंह
राजनीति

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सभापति देउवाका कारण कांग्रेस पार्टी लथालिङ्ग भएको बताउनुभएको छ ।

नेपाल प्रेस यूनियन बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा महामन्त्री सिंहले सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टी कमजोर हुँदै गएको दाबी गर्नुभयो ।

‘काम चलाउ शैलीको अन्त्य नगर्दासम्म पार्टीलाई जोगाउन सकिँदैन, सिंहले भन्नुभयो, ‘सभापतिमा शेरबहादुर देउवा आएपछि काङ्ग्रेस पार्टी लथालिङ्गको अवस्थामा पुगेको छ ।’

बोलेरभन्दा पनि पार्टी सुधारका लागि संस्थागत सुधारको आवश्यकता रहेको नेता सिंहले बताउनुभयो । उहाँले अहिलेको अवस्थामा कुनै नेतालाई जोगाउनुभन्दा पनि पार्टी जोगाउनु पर्नेमा जोड दिनुभयो ।

पार्टी सुधारका लागि आफूले केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेश गरेको जानकारी दिँदै सिंहले पार्टी सञ्चालनमै त्रुटी भएकाले पार्टीमा सुधार हुन नसकेको बताउनुभयो ।

पार्टीको १३ औं महाधिवेशन सम्पन्न भएको दुई वर्ष बिते पनि सभापतिले विधान कार्यान्वयन गर्न नसकेको उहाँको भनाई छ ।

पूर्व महामन्त्री सिंहले यूरोपियन यूनियन अन्तर्गतको निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावबारे जारी गरेको प्रतिवेदन आपत्तिजनक रहेको बताउनुभयो ।

उहाँले नेपाली जनताले संविधानसभा मार्फत निर्माण गरेको संविधानप्रति टिप्पणी गर्ने अधिकार कसैलाई नभएको बताउनुभएको छ ।

Post Comment