समस्या देखापरिसक्यो नेपालमा संघीयता खारेज गर्नुपर्छ: चित्रबहादुर केसी

समस्या देखापरिसक्यो नेपालमा संघीयता खारेज गर्नुपर्छ: चित्रबहादुर केसी
राजनीति

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता देशले धान्न नसक्ने भन्दै संघीयता खारेज गर्नुपर्ने बताउँनु भयो ।

सोमबार राजधानीमा आयोजित एक अन्तरक्रियामा उनले नेपालका राजनीतिक दलहरुले संघीयता कहिल्यै नखोजेको भन्दै भारतले आफ्नो विस्तारवादी नीतिअनुसार नेपालमा संघीयता लादेको आरोप लगाए ।

संघीयताले देशमा गम्भीर समस्या ल्याउनसक्ने भन्दै केसीले ‘यसलाई खारेज नगरेसम्म देशको विकास सम्भव छैन’–भने ।

Post Comment