आइजिपीमा नियुक्त नभएपछी रमेश खरेलद्धारा राजीनामा घोषणा

आइजिपीमा नियुक्त नभएपछी रमेश खरेलद्धारा राजीनामा घोषणा
राजनीति

नेपाल प्रहरीको २६ औं आइजीपीमा डीआइजी सर्वेन्द्र खनाल नियुक्त भएसँगै उहाँँका प्रतिष्प्रर्धि डिआइजी रमेश खरेलले राजिनामा दिने घोषणा गर्नु भएको छ ।

प्रहरी प्रवेश गर्दा एक दिन शीर्षस्थ स्थानबाट नेपाल प्रहरीलाई हाँक्ने सपना देख्नु भएका खरेलले कुनै गल्ती नगरेको र अबसर नपाएको भन्दै हिन भावना बोकेर संगठनमा बस्दा नतिजा दिन नसकिने भन्दै राजीनामा दिन घोषणा गर्नु भएको हो ।

तर २८ वर्षसम्म संगठनमा सँगै मिलेर काम गर्नुभएको खनालले भने खरेललाई सेवाबाट अलग नहुन आग्रह गर्नुभएको छ । संगठनलाई अझ बलियो बनाउन सेवाबाट अवकाश नदिई खरेलले साथ दिनुपर्ने खनालले आग्रह गर्नुभएको छ । प्रहरी प्रमुख सरकारले विधि र प्रक्रियामा रहेर चयन गर्ने हुदाँ त्यसमा दुख नहुन पनि खनालले खरेलसँग आग्रह गर्नुभएको छ ।

‘मैले हिजो पनि रमेशलाई भेटेको थिए, यसलाई नकरात्मक रुपमा नलिन भनेको छु, ‘खनालले भन्नुभयो, ‘आज पनि भेटेरै राजीनामा नदिन भन्छु ।’ उहाँँले भन्नुभयो ‘प्रहरी प्रमुख चयनमा सरकारका पनि केही योजना होलान्, त्यसलाई मैले पुरा गर्छु जस्तो लाग्यो होला त्यसैले नियुक्त भएँ।’

नेपाल प्रहरीको महानिरीक्षकमा खरेल पनि दाबेदारी हुनुहुथ्यो, तर सहब्याची सर्वेन्द्र खनाललाई सरकारले नियुक्ति गरे । २९ वर्ष नेपाल प्रहरीको सेवा गर्नुभएका खरेलले प्रहरी प्रमुखमा नियुक्त भएका सर्वेन्द्र खनाल बधाई दिन समेत दिनु भएको छ ।

Post Comment