एमालेको भ्रातृ संगठन युवा संघ फुट्दै , ४ बजे पत्रकार सम्मेलन हुँदै

एमालेको भ्रातृ संगठन युवा संघ फुट्दै , ४ बजे पत्रकार सम्मेलन हुँदै
राजनीति

एमालेको भ्रातृ संगठन युवा संघ नेपाल दुई खेमामा विभाजित हुने भएको छ ।

युवा संघको नयाँ नेतृत्वको चर्चा चलिरहेका बेला नेता माधवकुमार नेपाल पक्षले युवा संघ विभाजनको निर्णय गरेका हुन् । ४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने तयारी भएको सचिव नरेश शाहीले बताए ।

अध्यक्ष राजीव पहारी, पूर्व अध्यक्ष महेश बस्नेतलगायतको समूह बामपन्थी एकतादेखि विधि र नियम मिच्न उद्यत रहेको ठहर गर्दै समानान्तर कमिटी गठनको निर्णय भएको शाहीले बताए ।

युवा संघलाई राजनीतिक संगठनभन्दा पनि लुटीखाने भाँडो बनाएर चलाएको ठहर नेपाल समूहको छ । ‘कसको नेतृत्वमा समानान्तर कमिटी गठन गर्ने भन्ने छलफल जारी छ, समानान्तर कमिटी गठन गर्ने निर्णय भइसकेको छ’, शाहीले भने विधि, प्रणाली र राजनीतिक काम नगरेका कारणले हाम्रो समूहले समानान्तर कमिटी गठन गरेर अघि बढ्नु उचित हुने ठहर गरेको छ ।’

Post Comment