अबको शिक्षा व्यवसायिक र प्राविधिक हुनुपर्छ :मन्त्री पुन

अबको शिक्षा व्यवसायिक र प्राविधिक हुनुपर्छ :मन्त्री पुन
राजनीति

प्रदेश नं. ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले अबको शिक्षा व्यवसायिक र प्राविधिक हुनुपर्ने बताउनुभएको छ ।

नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समिति, पोखराको २० औं क्याम्पस अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री पुनले प्रदेश सरकारले प्राविधिक महाविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने गरी नीति तथा कार्यक्रम पारित गराएको उल्लेख गर्नुभयो । ‘निश्चित कक्षासम्म सबैले एउटै विषय पढ्ने र विद्यार्थीको रुचि र क्षमता अनुसारको पढाइमा राज्यले विशेष जोड दिनुपर्छ’, मन्त्री पुनले भन्नुभयो, ‘यसो गर्न सके मात्र देशको जनशक्ति पलायनलाई रोक्न सकिन्छ ।’

नेपालका शैक्षिक संस्था शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाजस्ता मात्र भएको भन्दै मन्त्री पुनले शिक्षालाई व्यवहारिक र व्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । अब मगर जाति पनि अन्य जातिसरह प्रतिस्पर्धामा उत्रिनुपर्ने भन्दै उहाँले प्रतिस्पर्धामा उत्रिनु पहिले क्षमता विकास जरुरी रहेको बताउनुभयो ।

सो अवसरमा नेपाल मगर विद्यार्थी संघकी केन्द्रीय महिला सचिव सुमना थापामगर, कोषाध्यक्ष चित्र पुलामीमगर, नेपाल मगर संघका पूर्व महासचिव अधिवक्ता सुरेन्द्र थापामगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगर, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय समिति, कास्कीका अध्यक्ष सुजनकुमार तामाङ, नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष दिनेश रोकामगर, तनहुँकी अध्यक्ष ऋतु आलेमगरलगायतले बोल्नुभएको थियो ।

नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समिति, पोखराका अध्यक्ष ध्रुव रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव निशा पुर्जामगर र निशान तिलिजामगरले स्वागत गर्नुभएको थियो ।

अध्यक्षमा थापा सर्वसम्मत

यसैबीच, नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समिति, पोखराको २० औं अधिवेशनबाट अध्यक्षमा राजीव थापामगर सर्वसम्मत चयन हुनुभएको छ ।

शुक्रबार नै सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा किरण रानामगर, सचिवमा विशाल पुनमगर, सह–सचिवमा धनमाया पुनमगर र कोषाध्यक्षमा कृष्टि आलेमगर चयन हुनुभयो । त्यसैगरी, सदस्यहरूमा सागर थापामगर, सोनम थापामगर, कृष्ण मगर, मनिषा थापामगर, देवी रानामगर, कुमारी पुर्जामगर, दिलकुमारी थापामगर, छाया थापामगर, अस्मिता थापामगर र आशीष थापामगर चयन हुनुभएको छ ।

Post Comment