पूर्वराजा ज्ञानेन्द्र शाहका ब्यापारिक पार्टनर सरकारको योजनाकार !

पूर्वराजा ज्ञानेन्द्र शाहका ब्यापारिक पार्टनर सरकारको योजनाकार !
राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाहका ब्यापारिक पार्टनरलाई बाम गठबन्धन नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा चयन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मंगलबार योजना आयोगमा उपाध्यक्षसहित सदस्यहरुको नियुक्ति गरयो । नियुक्तिमा पर्ने सुशील भट्ट पूर्वराजा ज्ञानेन्द्र शाहका ब्यापारिक पार्टनर हुन् । गोर्खा ट्राभल्स र मार्क प्लो होटलमा पूर्वराजा ज्ञानेन्द्र शाह र भट्टको संयुक्त लगानी रहेको छ ।

पूर्वराजा ज्ञानेन्द्रदेखि एमालेका प्रभावशाली नेताहरुसँग उनको निकै राम्रो सम्बन्ध रहेको छ । एमालेका प्रभावशाली नेता तथा उपाध्यक्ष बामदेव गौतमलाई उनले ‘बुवा’ भनेर बोलाउने गर्दछन् । गौतमकै आर्शिरवादबाट उनी राष्ट्रिय योजना आयोगको सदस्य बन्ने सौभाग्य पाए । गौतमसँगै उनको सम्बन्ध राष्ट्रपति बिद्यादेवी भण्डारीसँग पनि राम्रो रहेको स्रोतले बताएको छ ।

एमाले सरकारमा हुँदा भट्ट जहिलेपनि सिंहदरवारमा सक्रिय हुने गरेका छन् । राधा ज्ञवाली उर्जामन्त्री हुँदा उनी भित्रिया सल्लाहकार थिए । उनकै योजनामा कुलमान घिसिङलाई बिधुत प्राधिकरणबाट हटाइएको थियो । ज्ञवालीपछि उर्जामन्त्री बनेका माओवादी केन्द्र नेता जनार्दन शर्माले पुनः कुलमानलाई प्राधिकरणको जिम्मा लगाए र लोडसेडिङ लगभग मुक्त गरे ।

भट्टको चिनिया हाइड्रो लगानी कर्तासँग पनि उति नै राम्रो सम्बन्ध रहेको छ । चिनिया कम्पनीलाई हाइड्रोको इजाजत दिलाउन ज्ञवालीका पालामा सक्रिय थिए । कुलमान बाधक बनेपछि प्राधिकरणबाटै हताइएको एमालेभित्र नै चर्चा चल्ने गरेको छ ।

Post Comment