‘विप्लव’ माओवादीद्धारा बैशाख २२ गते नेपाल बन्द (विज्ञप्ती सहित)

‘विप्लव’ माओवादीद्धारा बैशाख २२ गते नेपाल बन्द (विज्ञप्ती सहित)
राजनीति

सरकारले आफ्ना नेता कार्यकर्तामाथि दमन गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्द आव्हान गरेको छ ।

भ्रष्टाचारलाई कारबाही गर्नुको साटो उल्टै संरक्षण गर्ने काम ओली सरकारले गरेको माथी आपत्ती जनाउँदै सो बन्दको आह्वान गरेको हो ।

केपी ओली नेतृत्वको सरकार गठनपछि सरकारले विप्लव पार्टीमाथि दवावको नीति लिएको छ । विप्लवसहितका केही नेतामाथि पक्राउ पूर्जी पनि जारी भएको छ ।

सरकार र विप्लव पार्टीवीच तनाव बढिरहेका बेला सो पार्टीले नेपाल बन्दको आह्वान गरेको हो । बैशाख २२ गते नेपाल बन्द आब्हान गरिएको विप्लवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Post Comment