काँग्रेस उपसभापतिमा निधि

काँग्रेस उपसभापतिमा निधि
राजनीति

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी आजै मनोनित गर्ने बुझिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले उपसभापतिमा पार्टी नेता विमलेन्द्र निधिलाई चयन गर्ने अन्तिम तयारी गरेको देउवा निकट उच्च स्रोतको दाबी छ ।

काँग्रेसमा पार्टी नै विलय गराएका विजयकुमार गच्छदारलाई संसदीय दलको उपनेता बनाएपछि देउवाले निधिलाई उपसभापति बनाउने अड्कल काटिएको थियो । गच्छदार पनि उपसभापतिका दावेदार छन्।

अर्का दावेदार गोपालमान श्रेष्ठलाई वरिष्ठ सदस्यहरुको रोलक्रममा एक नम्बरमा राखेर मनाएपछि निधिलाई उपसभापति बन्न थप सहज भएको हो ।

देउवाले महामन्त्रीमा भने पूर्णबहादुर खड्कालाई बनाउने पक्कापक्की भएको छ । महामन्त्रीमा देउवा टिमका ज्ञानेन्द्र कार्की, बालकृष्ण खाँण लगायतका नेताहरु आकांक्षी भए पनि खड्का नै पहिलो रोजाइमा परेका छन् ।

सहमहामन्त्रीमा भने देउवाले आफू निकट मानवहादुर विश्वकर्मालाई बनाउने निधो गरेका छन् । तर सहमहामन्त्रीमा देउवा निकट अर्का नेता डा प्रकाशशरण महतपनि आकांक्षी छन् ।

Post Comment