नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उत्तेजित नहुन आग्रह गरेका छन्। पौडेलले चुनाव हारको जिम्मेवारी केन्द्रीय समतिले नभर्इ सभापति देउवाले लिनुपर्ने अडान राख्दै आएकाेमा हारको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णय कांग्रेस केन्द्रीय समितिमा भएको थियो। याे निर्णयप्रति असहमति जनाउँदै पाैडेलले अाजकाे पदाधिकारी मनाेनयन गर्न बाेलइएकाे बैठक बहिस्कार गरे । उनी नअाउने भएपछि अाजकाे बैठक स्थगित गरिएकाे छ ।
‘यो निर्णय सर्वसम्मत रुपमा भएको हो’, काेइरालाले भने, ‘म रामचन्द्र दाइलाई उत्तेजनामा आएर नबाेल्न आग्रह गर्दछु।’ महामन्त्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलको सहमतिमै पदाधिकारी मनोनयन गर्न सोमबार बोलाइएको निर्वाचित केन्द्रिय सदस्यहरुको बैठक शुक्रबारसम्मका लागि स्थगित गर्न सभापति देउवासँग आग्रह गरेको पनि स्पष्ट पारे। उनले नेता पौडेलले चुनावमा हारको जिम्मेवारी केन्द्रीय समतिले लिने भन्ने निर्णय बहुमतीय पक्रियाबाट भएको भन्ने अाराेप्रति असहमति जनाए । पाैडेलकाे अाराेप खण्डन गर्दै उनले भने, ‘याे निर्णय सहमतिमै भएको हाे।’
महामन्त्री कोइरालाले शुक्रबार बस्ने पार्टीको केन्द्रिय निर्वाचित सदस्यहरुको बैठकले पदाधिकारी मनोनयन गर्ने दावी पनि गरे। शुक्रबारको बैठकमा वरिष्ठ नेता पौडेल पक्षलाई ल्याउने जिम्मवारी आफूको पनि भएको उनको भनाइ थियो।