मोदीको मुक्तिनाथ भ्रमणलाई लिएर अनेरास्ववियू नेता पौडेलको यस्तो चेतावनी

मोदीको मुक्तिनाथ भ्रमणलाई लिएर अनेरास्ववियू नेता पौडेलको यस्तो चेतावनी
राजनीति

नेपाल आउन लागेका भारतिय प्रधानमन्त्रीको नरेन्द्र मोदी मुत्तिलनाथ भ्रमणमा जाँदा भारतिय नम्बर प्लेटको सवारी साधन प्रयोग भए रोक लागउने अनेरास्वबियू केन्द्रिय सदस्य प्रकाश पौडेलले चेतावनी दिएका छन् ।

सरकारले मुक्तिनाथ जाने बाटोलाई २ दिन सम्म रोक लगाउने निर्णय प्रती आक्रोशित हुदै नेता पौडेलले म्याग्दी हुदै मुक्तिनाथ पुग्ने भारतीय नम्बर प्लेटका गाडी रोक्ने बताए । उनले म्याग्दीबाट अगाडि बढ्दा आन्तरिक रुपमा इजाजत लिने ब्यबस्था गर्न स्थानिय तहलाइ माग गरेका छन ।

“मुक्तिनाथ पुग्नु दर्शन गर्नु लाई मुख्य सफलता मान्ने भक्तजनबाट मोदिलाइ असुरक्षित हुन्छ भनी आउनु भन्दा २ दिन अगाडी बाटै नागरिक प्रवेश निशेध गर्ने कुरा को घोर बिरोध गर्दछु” उनले भने ।

उनले भ्रमणमा आउने हरेक भारतिय नम्बर प्लेट गाडीहरुलाई भन्सार करले मात्रै नभई स्थानिय रुट प्रयोग गरे वापत स्थानिय सरकारले कर लिनुपर्ने बताए ।

“भन्सारमा तिरेको सानो रकमले पुरै नेपाल घुम्ने क्रम लाई रोक्न पर्छ” उनले भने: “म्यादी हुदै मुस्तांग सम्म पुग्ने त्यस्ता गाडीहरुलाई स्थानिय सरकारले कर लिन्छ कर नतिरे रोकिन्छ यसको सुरुवात म्यादीबाट हुन्छ ।”

Post Comment