रामशरण महतको अर्थनीतिले अर्थतन्त्र ध्वस्त भयो : मन्त्री मातृकाप्रसाद यादव

रामशरण महतको अर्थनीतिले अर्थतन्त्र ध्वस्त भयो : मन्त्री मातृकाप्रसाद यादव
राजनीति

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पूर्व अर्थमन्त्री डा. रामशरण महतको अर्थनीतिले देशको अर्थतन्त्र ध्वस्त भएको आरोप लगाउनु भएको छ ।

मन्त्री यादवले पूर्व अर्थमन्त्री महतलाई ‘बेष्ट’ अर्थमन्त्रीको उपाधि दिइएकोमा पनि आक्रोश व्यक्त गर्नुभयो ।

बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले सरकारले सबै खालको सिन्डिकेट अन्त्य गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले देशलाई समृद्ध बनाउने राष्ट्रिय संकल्प पूरा गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

Post Comment