सङ्घीय सरकारका मन्त्रीहरूले धमाधम आफ्ना सम्पत्ति विवरण पेश गरिरहेका छन् । मन्त्रीहरुले आफ्नो सम्पती बुधबार र्सावजानीक गरेका छन् । अहिलेसम्म १८ जनाले सम्पत्ति विवरण पेश गरेको प्रधानमन्त्रीको कार्यालय जनाएको छ ।
मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । २२ सदस्यीय मन्त्रिपरिषदमा १८ मन्त्रीहरुको मात्रै सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।
कुन मन्त्रीको सुन कति ?
रबिन्द्र अधिकारी सबैभन्दा बढी सुनका धनी मन्त्रीका रुपमा देखिएका छन । उनीसँग ६० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ । दोश्रामो भौतिक योजना तथा यातायात मन्त्री रघुविर महासेठ रहेका छन् । उनीसँग ५२ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
तेस्रोमा जगतकुमार विश्वकर्मा भेटिएका छन् । उनीसँग ५० तोला सुन रहेको उल्लेख छ ।
१,रविन्द्र अधिकारी ६० तोला, पैतृक सम्पत्ति ।
४, रघुवीर महासेठ: ५२ तोला पैतृक २७ तोला र दाइजो २५ तोला ।
२,जगतबहादुर सुनार विश्वकर्मा: ५० तोला (५० सालदेखि यताका, पैतृक)
३,शेरबहादुर तामाङ:३० तोला
४,रघुवीर महासेठः पैतृक २७ तोला र दाइजो २५ तोला । जम्मा ५२ तोला ।
५, केपी ओली: १८ तोला सुन । ( विभिन्न समयमा स्वआर्जन गरेको)
६, मातृका यादव : तोला ( ४ वटा छ तोला सिक्रि, १० तोला गहना) । ०७४ मा सम्पत्ति विवरण बुझाएको । विवाह गर्दा माइतीबाट प्राप्त भएको ।
७, पद्मा कुमारी अर्याल: १५ तोला सुन
८, बर्षमान पुन: १५ तोला सुन । (पुख्र्यौली)
९, युवराज खतिवडा: १० तोला ( ०३० सालदेखि यताका, पारिवारिक)
१०, लालबाबु पण्डित: सुन १० तोला (पैतृक सम्पत्ति)
११, इश्वर पोखरेल: ९ तोला सुन (०२० सालदेखि हालसम्मको परिवारबाट उपहार र पारिश्रमिक)
१२,गोकर्ण विष्ट: ७ तोला सुन ( २ वटा सिक्री, २ वटा बाला, २ सेट टप र ३ वटा औंठी) पैतृक र खरिद गरेको ।
१३,रामबहादुर थापा बादल: ६ तोला सुन । ( श्रीमतीको माइती, विदेशमा रहेको भाइ बहिनीबाट प्राप्त)
१४ ,चक्रपाणि खनाल: ६ तोला
१५, शक्तिबहादुर बस्नेत: ५ तोला सुन ( पैतृक सम्पत्ति)
१६ ,बीना मगर: ५ तोला पैतृक
१७,प्रदीपकुमार ज्ञवाली : २ तोला । (पारिवारिक)
१८ ,थममाया थापा: १ तोला (आमाबाट प्राप्त)
१९, गिरिराजमणी पोखरेल: छैन ।