सरकारबाट समर्थन फिर्ता लिने राजपा नेपालको चेतावनी

सरकारबाट समर्थन फिर्ता लिने राजपा नेपालको चेतावनी
राजनीति

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको छ ।

पार्टीका नेता महेन्द्र राय यादवले संविधान संशोधन गर्ने लगायतका आफूहरुको माग सम्बोधन नगरे सरकारलाई समर्थन गरिरहन नसकिने बताउनुभएको हो ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई अघि बढाउन प्रतिपक्षलाई पनि साथमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो । नेता यादवले विकास, निर्माणको कामलाई अघि बढाउन पनि सरकारले सबैलाई मिलाएर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।

नेता यादवले सरकारले विकासको सपना देखाए पनि त्यसलाई काम गरेर देखाउन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

Post Comment