समयमै काम नसक्ने ठेकेदारहरू विरूद्ध कारबाहीकाे तयारी हुँदै

समयमै काम नसक्ने ठेकेदारहरू विरूद्ध  कारबाहीकाे तयारी हुँदै
राजनीति

समयमै काम नसक्ने ठेकेदारहरूकाे विवरण गृह मन्त्रालयमा पुगेकाे छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्माण व्यवसायी (ठेकेदार)हरूकाे विवरण बुझाएको हो।

काठमाडौँका ५ सय निर्माण व्यवसायीको विवरण जिल्ला प्रशासन कार्यालयले गृहमा बुझाएको बताउँदै गृहमन्त्रालयका एक अधिकारीले समयसमै काम सम्पन्न नगर्नेविरूद्ध कारबाहीकाे तयारी भइहेकाे जानकारी दिए ।

काठमाडाैं जिल्लाकाे सिडिओ कार्यालयले बुझाएको विवरणमा अधिकांश विभिन्न पूर्वाधार निर्माणको जिम्मेवारी पाएर समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीहरू रहेका छन् । ५०० ठेकेदारकाे विवरणमा दुई सयले मात्र समयमै काम सम्पन्न गरेको र तीन सय ठेकेदारले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेकाे उल्लेख छ ।

गृहमन्त्री थापाले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरूकाे लगत संकलन गर्न यसअघि नै सबै जिल्लाका सिडिअाे काैयालयलार्इ निर्देशन दिइसकेका थिए । काम नगर्ने विभिन्न जिल्लाबाट केही ठेकेदार पक्राउ समेत परिसकेकाे गृह स्राेतकाे दाबी छ । काठमाडौँमा पनि समयमा नै निर्माण सम्पन्न नगर्ने व्यवसायीलाई पक्राउ गर्ने तयारी भइरहेको बताइन्छ ।

Post Comment