प्रचण्डले भने: ‘पार्टी एकता सामान्य घटना हो’

प्रचण्डले भने: ‘पार्टी एकता सामान्य घटना हो’
राजनीति

सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले कार्यकर्तालाइ निर्देशन दिँदै गुटवन्दी गर्दै हिड्नको लागि कसैलाइ पनि छुट नभएको बताएका छन् । आफ्नो जन्मस्थल थल कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आपसमा पार्टी एकता गरेर विश्वमा नयाँ सन्देस दिएको उनले बाएका छन् । ‘पार्टी एकता सामान्य घटना हो ।’ उनले भने, ‘यसले विश्वलाइ नयाँ सन्देस दिएको छ ।’

प्रचण्डले उपेन्द्र यादव समेत सरकारमा सहभागी भएपछि अब सरकारसँग दुई तिहाई बहुमत रहेको र संविधान संशोधनका लागि प्राबिधिक तथा संवैधानिक हैसियत प्राप्त भएको दाबी गरेका छन् ।

उनले देशभित्रका जाली फटाहा र विदेशी प्रतिक्रियावादीका कारण एकाएक अचानक पार्टी एकता गर्नुपरेकोमा जोड दिएका छन् । पार्टी एकता हुन लाग्दा भाँड्ने चलखेल भएकाले हुँदैन जस्तो वातावरण बनाएर जाली फटाहालाई झुक्याइएको प्रचण्डले बताए ।

आफ्नो जन्मस्थल कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले अध्यक्ष केपी शर्मा ओली र आफूले सल्लाह गरेरै पार्टी एकतामा बेला बेला दरार देखाएको बताए ।

सरकारको नीति तथा कार्यक्रम ल्याउनुअघि एउटै पार्टी बनाउने सल्लाह अनुसार जेठ ३ गते आफ्नै प्रस्तावमा एकीकरण भएको उनले बताए ।

Post Comment