विप्लवलाई ओलीले भनेः ‘आफैं बुद्धि बिग्रिएको हो भने सच्याउनू’

विप्लवलाई ओलीले भनेः ‘आफैं बुद्धि बिग्रिएको हो भने सच्याउनू’
राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनकारी र देशद्रोहीलाई सहन नसकिने बताएका छन् । स्वतन्त्र मधेशका नाममा विखण्डनकारीको चलखेल देखा परेको भन्दै प्रधानमन्त्री ओलीले मधेश भन्ने देश कहाँ थियो ? भन्दै प्रश्न गरे ।

‘कहाँ थियो मधेश भन्ने देश ? वाहियात कुरा गर्ने’ प्रदेश नम्वर ३ को संसदलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘स्वतन्त्र मधेश भन्या के हो ? वाहियात कुरा नगरौं ।’

देशलाई विकास र सम्वृद्धिको बाटोमा लैजान हतार भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालमा अब हिंसा जरुरी नभएको बताए ।उनले विप्लव नेतृत्वमा रहेको नेकपालाई हिंसाका गतिविधि छाड्न आग्रह गरेका छन् ।

‘आफैं बुद्धि बिग्रिएको हो भने सच्याउनू । अर्काको लहैलहैमा लागेको हो भने पनि हिंसा छोड्नु’, उनले भने ।

हिंसा र विखण्डकारी चाहने तत्वलाई रोकिछाड्ने पनि उनले बताए ।

Post Comment