देउवाले भने: अन्तरघातीलाई कारवाही नगरे कांग्रेस भङ्ग गरौं

देउवाले भने: अन्तरघातीलाई कारवाही नगरे कांग्रेस भङ्ग गरौं
राजनीति

प्रतिनिधिसभा निर्वाचनका बेलामा पत्नी आरजु राणा देउवा पराजित भएको कैलाली जिल्ला पुगेर काँग्रेस सभापति शेरबहादुर देउवाले अन्तरघातीलाई कारवाहीको प्रस्ताव गरेका छन् ।

शुक्रबार काँग्रेस कैलालीको अधिवेशन उद्घाटन गर्दै उनले अन्तरघातका कारण काँग्रेसले २५ देखि ३० सिट गुमाएको बताए । उनले भने, ‘काँग्रेसलाई पुरानो अवस्थामा फर्काउनका लागि अवरोध भए, अन्तरघातीलाई कारबाही गर्न नपाइने भए पार्टी भङ्ग गरौं ।’

अनुशासन कायम नगर्नेलाई जसरी पनि कारवाही गर्ने बताएका उनले टिकट नपाउनसाथ अरुलाई हराउने प्रवृत्ति ठिक नभएको बताए । कैलाली–५ बाट उनकी पत्नी आरजुले पराजय भोग्नु परेको थियो ।

उनले पार्टी सदस्यता लिने तर भोट नहाल्नेलाई कारवाही मात्र गर्ने बताएनन् अपराधी नै भएको घोषणा गरे । ‘सदस्यता लिने तर, भोट नहाल्नेहरू अपराधी हुन्’, देउवाले भने ।

Post Comment