प्रचण्ड दिए आफ्नै घरभेटीलाई कारबाही गर्ने चेतावनी

प्रचण्ड दिए आफ्नै घरभेटीलाई कारबाही गर्ने चेतावनी
राजनीति

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामको जिम्मा लिएर समयमा सम्पन्न नगरे आफ्नै घरभेटीलाई पनि कारबाही गर्ने चेतावनी दिएका छन् ।

एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले घरबेटी भए पनि नघरबेटी भए पनि जिम्मेवारी पूरा नगर्ने सबैलाई कानुनअनुसार कारबाही गर्ने बताएका हुन् ।

मंगलबार बिहान चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘घरबेटी र नघरबेटी भनेर चर्चा गर्न आवश्यक छैन । ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्छ । यदि त्यहाँ लापर्वाही छ भने सरकार कडाइपूर्वक जानुपर्छ भन्नेमा कसैको विमति छैन ।’

उनले अघि भने, ‘म जसको घरमा बसेको छु, त्यो घरको मान्छेले पनि गल्ती गर्‍यो भने कारबाही हुन्छ । गल्ती गरेको छैन भने प्रोत्साहित हुन्छ ।’

ठेकेदारमाथिको कारबाहीबारे आफूले गृहमन्त्रीलाई बोलाएर कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे । गृहमन्त्रीलाई बोलाएर आफ्नो घरबेटीलाई कारबाही नगर्न चेतावनी दिएको दाबी गलत भएको उनले बताए ।

प्रचण्ड ठेकेदार शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले विभिन्न सडकको ठेक्का लिएर समयमा काम सम्पन्न गरेको छैन ।

प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा नभएको बताए ।

कार्यकारी राष्ट्रपति अहिलेको हाम्रो एजेण्डा होइन ।’ प्रचण्डले प्रस्ट पारे ।

Post Comment