गृह मन्त्रालयले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा अाबद्द सम्पूर्ण पदाधिकारीहरुको सम्पत्ति विवरण माग्न सुरु गरेको छ ।
७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई बिहीबार मन्त्रालयले जिल्लामा कार्यरत एनजीओ र आईएनजीओका पदाधिकारीको सम्पत्ति विवरण माग्न निर्देशन दिएको हो ।
गृहले त्यसरी संकलन गरिएको विवरण गोप्य शिलबन्दी गरेर लिनु पर्ने पत्रमा भनिएकाे छ । हाललाई एनजीओ र आईएनजीओमा कार्यरत कर्मचारीहरुको सम्पत्ति विवरण भने मागेकाे छैन ।
यसअघि गत २४ जेठमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाबीच भएको बैठकमा एनजिओ र आईएनजिओको गतिविधि निगरानी गर्नुपर्ने निष्कर्षसहित यसको नियमन गर्ने निर्णय भएकाे थियो ।