कांग्रेस अब टुलुटुलु हेरेर बस्दैन् : दिपक खड्का

कांग्रेस अब टुलुटुलु हेरेर बस्दैन् : दिपक खड्का
राजनीति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले नेपालले भारत र चीन दुवै मित्रराष्ट्रसँग एकै खालको सम्बन्ध कायम गर्न आवश्यक रहेको सुनाए । उनले भने,‘हामीसँग अहिले कसैसँग बढि र कसैसँग कम गर्नुपर्ने बाध्यता र कारण छैन, हामी भारत र चीनको बीचमा छौं, दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्छ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खड्काले भारतसँग खुल्ला सिमा भएको कारणले सम्बन्ध पनि त्यही अनुसार मजबुद रहेको सुनाए । उनले भने,‘हाम्रो अलिक प्रगाढ सम्बन्ध भारतसँग छ, राजनीति र भूगोलको हिसाबले भारतसँगजस्तो चीनसँग हाम्रो त्यस्तो सम्बन्ध छैन।’ नेपालको अवस्था भारतसँग जति सहजता छ त्यति सहजता चीनसँग नरहेको पनि उनले बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता खड्काले दुवै देशसँग नेपालले समान दृष्टिकोण, समान सम्बन्ध कायम गर्दै दुवै सम्बन्धबाट प्रचुर सदुपयोग गर्नसक्नुपर्ने बताए । उनले भने,‘भारत र चीनको प्रगतिलाई हामीले आत्मसात् गर्नुपर्छ, उनीहरुको प्रगतिबाट हामीले सिक्नुपर्छ, लाभ लिन सक्नुपर्छ।’

Post Comment