कमरेड ओलीलाई दोस्रो पटकको प्रधानमन्त्री पदले धोका दियो कि !

कमरेड ओलीलाई दोस्रो पटकको प्रधानमन्त्री पदले धोका दियो कि !
राजनीति

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै पार्टीका दिग्गज नेताले चोटिलो प्रहार गरेका छन् ।

नेकपाका दिग्गज नेता प्रदीप नेपालले ओली सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् –सायद कमरेड ओलीलाई दोस्रो पटकको प्रधानमन्त्री पदले धोका दियो कि !

नेपाल तत्कालीन नेकपा एमालेका सिनियर नेता हुन् । आठौं महाधिवेशनपछि उनले पार्टीको औपचारिक जिम्मेवारी त्यागेका थिए । पार्टीको जिम्मेवारीमा नभएपनि उनी प्रभावशाली मानिन्छन् । नेता नेपालको धारणामाथि धेरैले टिप्पणी गरेका छन् ।

केही टिप्पणी यस्ता छन् :
–विशेषज्ञ सल्लाहकारहरूको टिम बनाएर सल्लाह अनुसार चलेका भए धोका दिँदैनथ्यो । सल्लाहकार प्रधानमन्त्रीले के भन्छन् भनेर टिप्न डायरी र कलम बोकेर बस्ने खालका छन् अनि पदले धोका नदिए के ले दिन्छ ?

–पदले धोका दियो कि या पदलाई धोका दिए यो समयले बताउँछ । यति छिट्टै भनिहाल्नु उपयुक्त होइन कि ?

–पैसा खाने काम रोकिएन । कुरो ठीक लाग्छ । मैले पनि कुठाउँमा समर्थन गरें कि जस्तो लाग्दैछ ।

–अहिले बोल्ने भन्दा गर्ने बेला हो तर, सबैमा घमण्ड देखियो ।

–‘तमासे’हरुको घेराबन्दी, नाकाबन्दी !

–सांघुरो बृत्तभित्र रमाउदाको परिणाम !

–हामीलाई अरूले नै फुटाउँछन् र अरूले नै मिलाउँछन् । हाम्रो काम भारतसँग कुप्रो पर्ने र नेपालीलाई कुप्रो पार्ने मात्र नै हो ।

–सायद कसैलाई खुसी बनाउन खोज्दा बाटो भुलिएको हो कि ?

Post Comment