सुजता कोइरालाले भनिन् :‘मदन भण्डारी नभएको भए जनआन्दोलन सफल हुँदैनथ्यो’

सुजता कोइरालाले भनिन् :‘मदन भण्डारी नभएको भए जनआन्दोलन सफल हुँदैनथ्यो’
राजनीति

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मदन भण्डारीको समर्थनका कारण २०४६ सालको राजनीतिक परिवर्तन सम्भव भएको बताएकी छिन् ।

‘मदन भण्डारीको साथ नभएको भए विक्रम संवत २०४६ सालमा जनआन्दोलनसफल हुँदैनथ्यो होला’ मदन भण्डारी फाउण्डेसनले बिहीवार काठमाडौंमा आायोजना गरेको कार्यक्रममा कोइरालाले भनिन् ।

‘मदन भण्डारीले यो विचार जनतामा नदिएको भए अहिलेको नेपाल कता जान्थ्यो भन्न सकिन्नथ्यो’ उनले भनिन् ।

कोइरालाले देशमा बलियो सरकारको निर्माण भएको समयमा आर्थिक विकासका लागि आफूहरुले सहयोग गर्ने बताइन् ।

‘सरकारले पनि साथ लिन सक्नु पर्छ, सबैको विचार सुनेर विचार गर्नुपर्छ, सरकार बलियो भएपनि एक्लै केहीगर्न सक्दैन’ कोइरालाले भनिन् । ‘प्रधानमन्त्रीले आश्वासन दिनुभएको छ, आश्वासन कार्यान्वयन गर्न गाह्रो छ, मिलेर गयौ भने मात्र देश बनाउन सकिन्छ ।’

Post Comment