लाउडाका आरोपित नै विज्ञ समूह सदस्य 

लाउडाका आरोपित नै विज्ञ समूह सदस्य 
राजनीति

ओली सरकारमा सबैभन्दा बढी व्यक्तिगत सुन भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको अर्को गलत काम सर्वजनिक भएको छ । वर्तमान सरकारका सबैभन्दा बढी विवादितमन्त्रीको छवी बनाएका अधिकारीले बहुचर्चित लाउडा विमान भाडा प्रकरणका मुख्य आरोपी हरिभक्त श्रेष्ठलाई नागरिक उड्डयन विज्ञका रुपमा नियुक्त गरेका छन ।

यसअघि उनले फेवा तालको अतिक्रमण गर्ने सुनिल शाक्यलाई पर्यटन विज्ञ समूहमा नियुक्त गरेका थिए । अधिकरीले विज्ञ नियुक्त गरेका श्रेष्ठले विशेष अदालतबाट सफाइ पाएको भए पनि उनीविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन छ । सरकारवादी मुद्दाका रुपमा हेर्दा सरकारले श्रेष्ठमाथिको भ्रष्टाचारको पुरानो आरोपमा कुनै दृष्टिकोण परिवर्तन गरेको छैन ।

नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सुशासनका सवालमा शून्य सहनशीलता अपनाउने घोषणा गरेको सरकारका प्रभावशाली मन्त्रीले नै बहुचर्चित घोटाला प्रकरणका मुख्य आरोपीलाई नै विज्ञ नियुक्त गरेपछि नागरिकको अधिकारीप्रतिको आशा मर्दै गएको छ ।

Post Comment