संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वायु सेवा निगमले खरिद गरेको वाईडबडी काण्डमा पनि मुछिएका छन् ।
अधिकारीलाई पत्रकारले वायु सेवा निगमले खरिद गरेको वाईडबडिको कुरा के हो भनि गरेको प्रश्नमा उनले मन्त्रीलाई सानासाना प्रश्न सोध्न नहुने भन्दै जवाफ दिएनन् ।
नेपाल वायुसेवा निगमले भर्खर भित्र्याएको वाईड बडी जहाजको बिषयमा कुराकानी गर्दै गर्दा एकाएक परिर्वतन भएको यो शैलीले एयरबसको २ वटा वाईडबडि झण्डै २४ अर्वमा खरिद गरिएको र त्यसमा सार्वजनिक खरिद प्रक्रिया मिचि निकै ठूलो रकमको अनियमितता भएको आशंका छ ।
तर अनियमितताको खवर नबनाउन आग्रह गरेको समाचार एभिन्युज खवरले प्रशारण गरेको छ ।
एभिन्युजका पत्रकार मदन खातीले सोधेको प्रश्नको जवाफ नदिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ भने निकै धेरै टिका टिप्पणी पनि भैरहेको छ ।