अन्तरवार्तामै रोए प्रधानमन्त्री ओली (भिडियो हेर्नुस्)

अन्तरवार्तामै रोए प्रधानमन्त्री ओली (भिडियो हेर्नुस्)
राजनीति

प्रधानमन्त्री केपी शर्मा ओली एक अन्तरवार्तामा आँखाभरी आँशु गराउँदै रोएको भिडियो सार्वजनिक भएको छ । प्रधानमन्त्री कार्यालयकै संयोजनमा सुरू भएको नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ को पहिलो श्रृङ्खला छायाँकन गर्ने क्रममा प्रधानमन्त्री ओली रूँदै रूमालले आँशु पुसेका देखिन्छन् ।

प्रस्तोताले कति गार्हो गरेर बाँचेका छन् है यी नेपालीहरू रु भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्दा प्रधानमन्त्री रोएका दृश्यमा देखिन्छ । ग्रामीण भेगका जनताको दुःख झल्काउने भिडियो सामग्री प्रधानमन्त्रीलाई देखाइसकेपछि त्यसबारे प्रतिकृया लिन प्रस्तोताले प्रधानमन्त्रीलाई प्रश्न गर्दा प्रधानमन्त्रीका आँखा रसाएका हुन् ।

प्रधानमन्त्रीले आँखामा आँशु पर्दै एकछिन है भन्दै खल्तीबाट रूमाल निकालेको देखिन्छ ।
[youtube https://www.youtube.com/watch?v=z5e_TIfqv44]

Post Comment