“धर्म मास्नेहरुको भलाई हुँदैन, झण्डा उचालेर राजतन्त्र ल्याउँछौं” :महतो

“धर्म मास्नेहरुको भलाई हुँदैन, झण्डा उचालेर राजतन्त्र ल्याउँछौं” :महतो
राजनीति

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजक किशोरी महतोले संविधान पुर्नलेखन सभाको माग गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै संयोजक महतोले यस्तो माग गरेका गरेका हुन ।
उनले भने,‘स्वर्गीय गिरिजाप्रसाद कोईरालाले विपीको विचारलाई त्यागेर गणतन्त्र ल्याउनुभयो, उहाँ बितेपछि गणतन्त्र गन्धमा परिणत भयो, कांग्रेस पार्टीको यो हाल भयो, धर्म मास्नेहरुको भलाई हुँदैन, राष्ट्रिय झण्डा, राष्ट्रिय जनावर पुरानै छ, यो झण्डा उचालेर हामीले देशमा राजतन्त्रको पुनस्र्थापना गर्नेछौं, सबैलाई हाम्रो अभियानमा लागेर साथ दिनको लागि हार्दिक आग्रह गर्दछु ।’

Post Comment