नेता अधिकारी भन्छन् : डा.केसीलाई कारबाही गर्नुपर्छ

नेता अधिकारी भन्छन् : डा.केसीलाई कारबाही गर्नुपर्छ
राजनीति

पाल कम्युनिस्ट पार्टीका नेता एवम् मनमोहन अधिकारी मेडिकल कलेजका सञ्चालक रामकुमार अधिकारीले अनशन बसेका डा.गोविन्द केसीलाई कारबाहीको माग गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिकारीले सरकारी कर्मचारी भएर अनशन बसेर सरकारलाई अफ्ठ्यारोमा पारेको बताए । ‘सरकारी जागिरे भएर अनशन बस्न मिल्दैन । सरकारले भनेको काम गर्नुपर्छ’, उनले भने, ‘सरकारल डा.केसीलाई कारबाही गर्नुपर्छ ।’

नेकपाका नेता अधिकारीले डा.केसी नेपाली कांग्रेसको कार्यकर्ता भएको बताए । ‘गगन थापाको भिडियो बनाएर प्रचार प्रसार गरेर हिँडेको मान्छे हो’, उनले भने, ‘कांग्रेसले मेडिकल कलेज पाउँदा चुप लागेर बस्नु भयो । मनमोहन मेडिकल कलेज दिन खोज्दा अनशन बस्नुभयो ।’
१९ वटा मेडिकल कलेज सबै नेपाली कांग्रेस निकटका व्यक्तिहरूको रहेको उनको भनाइ छ ।

जुम्लामा गएर अनशन बसेका डा.गोविन्द केसीसँग सरकारले वार्ता नगर्ने नेता अधिकारीले बताए । ‘उहाँले गैह्रकानूनी काम गर्नुभएको छ’, उनले भने, ‘जुम्लामा गएर वार्तामा बस्ने हो भने डा.केसी फेरि अर्को ठाउँमा गएर अनशन बस्नु हुन्छ । वार्ताका लागि काठमाडौं आउनुपर्छ । सरकार जुम्ला जाँदैन ।’

Post Comment