साउन २९ गते नेपाल बन्द : सरकारसँग भीषण संघर्ष गर्ने विप्लवको चेतावनी

साउन २९ गते नेपाल बन्द : सरकारसँग भीषण संघर्ष गर्ने विप्लवको चेतावनी
राजनीति

आफ्नो पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रक्राउ परेलगत्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ओली–प्रचण्ड सरकारका विरुद्धमा भीषण संघर्ष गर्ने चेतावनी दिएका छन् ।

विप्लवले भर्खरै एक प्रेस वक्तव्य जारी गर्दै ओली र प्रचण्डमाथि यस्तो धावा बोलेका हुन् । उनले विज्ञप्तीमा भनेका छन्,‘पार्टी प्रवक्ता प्रकाण्ड लगायत सम्पूर्ण कमरेडहरुलाई विना शर्त रिहाई नगरे फाँसीवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छ। त्यसबाट निस्किने परिस्थितिको बारे यो सरकार नै जवाफदेही रहनेछ।

Post Comment