देउवाको उपचारको बहाना रहेको खुलासा, भारतिय नेता सिंगापुरमा भेट्दै

देउवाको उपचारको बहाना रहेको खुलासा, भारतिय नेता सिंगापुरमा भेट्दै
राजनीति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिवेला उपचारको लागि सिंगापुरमा छन् ।

देउवा स्वास्थ्य उपचारका लागि अस्ती बुधबार सिंगापुर प्रस्थान गरेका हुन् । उनीसँगै पत्नी डा आरजु राणा देउवा पनि त्यसतर्फ प्रस्थान गरेकी थिईन् ।

देउवा पेटको उपचार गर्न सिंगापुर गएका हुन् । उनको सिंगापुर बसाइ कति हुने भन्ने टुंगो लागेको छैन । त्यो उपचारको समयले निर्धारण गर्ने बताइएको छ । स्रोतको अनुसार उनको उपचार सिंगापुरको माउन्ट एलिजावेथ अस्पतामा हुने भनिएको छ ।

सिंगापुरमा उपचारको क्रममा देउवाले राजनीतिक भेटवार्तापनि गरिरहेको स्रोतको दाबी छ । खासगरी भारतीय नेताहरुसँग देउवाले राजनीतिक भेटवार्ता गरिरहेको स्रोतको दाबी छ ।

यसअघि उपचारमा सिंगापुर गएका नेपाली नेताहरुले पनि भारतीय नेताहरुसँग गोप्य भेटवार्ता गरेका समाचारहरु बाहिर आएका थिए ।

Post Comment