‘तस्करीका सबै प्वालहरु बन्द भइसके’

‘तस्करीका सबै प्वालहरु बन्द भइसके’
राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलबाट हुने सुन तस्करीका सबै प्वालहरू बन्द भइसकेको बताएका छन् ।

शनिवार प्रदेश नम्बर २ को राजधानी जनकपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लामो अनुसन्धानपछि सुन तस्करीका सबै प्वालहरू बन्द गर्न सफल भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, केही समयदेखि ३८ सय क्विन्टल सुन तस्करी भएको रहेछ । गोजीमा बोकेर होइन । सुन त उम्कियो तर सुन तस्करीका सबै प्वाल बन्द भएका छन् ।

गत माघमा सनम शाक्य हत्या र ३३ किलो सुन प्रकरण पछि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन टोलीले तीन वर्षदेखि हालसम्म विमानस्थल मार्गबाट ३८ सय क्विन्टल सुन तस्करी भएको निष्कर्ण निकालेको थियो । सुन तस्करीको अभियोगमा ७५ जनालाई प्रतिवादी बनाएर अनुसन्धान गरेको थियो ।

Post Comment