नाङ्गै आन्दोलन गर्नेहरु कसैले भनेर नाङ्गीए :प्रधानमन्त्री ओली

नाङ्गै आन्दोलन गर्नेहरु कसैले भनेर नाङ्गीए :प्रधानमन्त्री ओली
राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा नाङ्गै आन्दोलन गर्नेहरु अरुको ईसारामा आएको बताएका छन् ।

उनले ती मान्छेहरु विषयवस्तु बुझेर विरोधमा उत्रिएका नभई कसैले विरोध गर्नुपर्छ भनेका कारण लागेका बताएका छन् ।

आइतबार राजधानीमा सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रलाई आवश्यक पर्ने कुराहरुको संशोधन गर्दै जाने बताए । उनले संविधान पालना गराउन सरकार प्रतिबद्ध रहेको पनि बताए ।

अर्को प्रसङ्गमा ओलीले अनुचित ढङ्गले केही गम्भीर प्रकृतिका सूचना चुहावट हुँदा अनुशासनहीनता बढ्ने बताए ।

ओलीले गम्भीर सूचना चुहावट हुँदा राष्ट्रिय गोपनीयता पनि भङ्ग हुने गरेकाले त्यसलाई सरकारले रोक्ने स्पष्ट पारे

Post Comment