सरकारलाई बलियो बन्न नदिन विकास विरोधी चक्रव्यूहमा हाल्न खोजियो: खगराज अधिकारी

सरकारलाई बलियो बन्न नदिन विकास विरोधी चक्रव्यूहमा हाल्न खोजियो: खगराज अधिकारी
राजनीति

 नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले सरकारको आलोचना गर्नु सिरकमा बक्सिङ हानेजस्तै भएको टीप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा  बोल्दै अधिकारीले बलत्कार, हत्या र अन्य घटना भएपनि सरकार त्यसको न्यूनीकरण गर्नमा लागी परेको भन्दै सरकारको आलोचना गर्न उचित नभएको टीप्पणी गरे।

‘जे अपराध भईरहेका छन्, यी सामान्य छैनन्’ उनले भने ‘कुनै पनि अपराधीले उन्मुक्ति पाउने छैनन्। संसदले समेत यस सम्बन्धी प्रतिवद्धता पारित गरेको छ।’

सरकारकाे आलोचना गर्नु सिरकमा बक्सिङ हानेजस्तै भएकाे भन्दै उनले आफ्नै हात दुख्ने कार्य नगरी विकासमा केन्द्रित हुन आग्रह गरे।
सरकारलाई बलियो बनाउन नदिन नेपाल विरोधी र विकास विरोधी चक्रव्यूहमा हाल्न खोजेका भन्दै उनले प्रतिपक्ष र सत्तापक्ष एक हुनुपर्ने बताए।

फाइल तस्बिर

Post Comment