सरकारी पैसामा पत्नीसहित अमेरिका घुम्दै विद्यासुन्दर शाक्य

सरकारी पैसामा पत्नीसहित अमेरिका घुम्दै विद्यासुन्दर शाक्य
राजनीति

सरकारले वैदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका गएका छन् ।

महानगरमा सुधारका काम नगरेको भन्दै आलोचना खेप्दै आएका शाक्य सडकभर फोहोरको डंगुर छाडेर पत्नी सुचितासहित अमेरिका लागेका हुन् । उनको भ्रमण टोलीमा ९ सदस्य छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

१० दिने भ्रमणतालिका छ । सरकारी पदमा रहेका व्यक्तिको आवश्यक विदेश भ्रमण रोक्न कडाई गरेको बताउँदै आए पनि सरकारले सामान्य अवलोकन भ्रमणमा मेयरलाई श्रीमतीसहित लिएर जान भने स्वीकृति दिएको छ ।

Post Comment