नेपाल कम्युनिस्ट पार्टीले प्रदेश पदाधिकारीको नाम र जिम्मेबारी टुंगो लगाएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशका इञ्चार्ज, अध्यक्ष, सहइञ्चार्ज र सचिवको नाम टुंगो लगाएको हो ।
प्रदेश १ मा इन्चार्ज भीम आचार्य, अध्यक्ष देवराज घिमिरे, सहइन्चार्ज साबित्री कुमार काफ्ले र सचिब सुरेशबहादुर राई छन् । यस्तै, प्रदेश २ मा इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभू साह, सहइन्चार्ज विश्वनाथ साह, सचिब सुमन प्याकुरेल छन् ।
प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष हितमान शाक्य, सहइन्चार्ज नारायण दाहाल, सचिब आनन्द पोख्रेल छन् । यसैगरी, गण्डकी प्रदेश इन्चार्ज पि.एस.गुरुङ, अध्यक्ष हितराज पाण्डे
सहइन्चार्ज खगराज अधिकारी र सचिव गोविन्द नेपाली छन् । प्रदेश ५ इन्चार्ज शंकर पोख्रेल, अध्यक्ष ओनसरी घर्ती, सहइन्चार्ज दलबहादुर राना र सचिव जगप्रसाद शर्मा छन् ।
कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा, अध्यक्ष गोरखबहादुर बोगटी, सहइन्चार्ज यमलाल कंडेल र सचिव मयाप्रसाद शर्मा
छन् ।
र, प्रदेश ७ इन्चार्ज भीम रावल, अध्यक्ष कर्ण थापा, सहइन्चार्ज लक्ष्मणदत्त जोशी सचिव नेप चौधरीको नाम टुंगो लागेको हो ।