कांग्रेसलाई चल्लाको संज्ञा दिदै ओलीले भने : ‘के हो भनेर चिन्नु देख्नु छैन, चल्ला झैँ कुदेका छन्’

कांग्रेसलाई चल्लाको संज्ञा दिदै ओलीले भने : ‘के हो भनेर चिन्नु देख्नु छैन, चल्ला झैँ कुदेका छन्’
राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कुखुराको चल्ला भनेका छन् । वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै उनले कांग्रेसलाई कुखुराको चल्लासँग तुलना गरेका हुन् ।

प्रधानमन्त्री ओलीले अरिङ्गाल र माहुरीको प्रसङ्ग समेत निकालेका थिए । माहुरीको प्रसङ्ग सकेपछि प्रमुख प्रतिपक्षी माथि लजाइलागे । ‘एउटा चल्लाले मरेको फट्याङ्ग्रो भेट्यो भने, अरू सबै लौ यसले के भेटायो, के टिप्यो यसले भन्दै सबै चल्ला त्यसकै पछाडि दौडिन्छन्,’ उनले कांग्रेसलाई चल्लासँग तुलना गर्दै भने ‘के हो भनेर चिन्नु देख्नु छैन, चल्ला झैँ कुदेका छन् प्रतिपक्षी ।’

उनले देश बनाउनका लागि आग्रह पनि गरेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षीसँग मिलेर जान तयार रहेको बताउँदै कांग्रेस हल्लाको पछाडि दैडिएको ओरोप समेत लागाए ।

Post Comment