नेकपाकै बिधार्थीले गरे सरकारको बिरोध ,मूल्य वृद्धि गर्ने निर्णय फिर्ता लिन माग

नेकपाकै बिधार्थीले गरे सरकारको बिरोध ,मूल्य वृद्धि गर्ने निर्णय फिर्ता लिन माग
राजनीति

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध अनेरास्ववियूले पनि यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै तत्काल फिर्ता लिन सरकारलाई दवाव दिन सुरु गरेको छ ।

अनेरास्ववियूले मंगलबार काठमाडौंको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पस अगाडि प्रर्दशन गर्दै यातायातमा १० प्रतिशत वृद्धि गरिएको भाडा तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको हो । दसैं जस्ता चाडपर्वको मुखमा जनताको अपेक्षा विपरित सरकारले जनघात हुनेगरी यातायातमा भाडा बढाउने निर्णय गरेपछि त्यसलाई तत्काल फिर्ता गराउन दवाव आन्दोलन सुरु गर्नु परेको अनेरास्ववियूका सचिव सुदेश पराजुलीले जानकारी दिए ।

अनेरास्ववियू पशुपति बहुमुखी क्याम्पस कमिटीले आह्वान गरेको विरोध प्रर्दशनमा दुई तिहाई बहुमतको लोकप्रिय सरकारले जनताको अपेक्षा विपरितका काम गर्न नहुने भन्दै असन्तुष्टि व्यक्त गरिएको थियो । उनीहरुले सरकारलाई जन अपेक्षा विपरित कुनै पनि गतिविधि नगर्न पनि सचेत गराए । प्रर्दशनका क्रममा अनेरास्ववियूका नेता, कार्यकर्ताहरुले यातायातमा बढाइको १० प्रतिशत भाडादर फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने सरकारलाई चेतावनी दिए ।

Post Comment