महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समतामुलक समाज निर्माण गर्न सरकार सफल नभएको स्वीकार गरेकी छन् ।
काठमाडौंमा आजबाट सुरु भएको दोस्रो बालिका सम्मेलनमा मन्त्री थापाले संक्रमण अन्त्य भई राज्यको संरचनामा समेत परिवर्तन आए पनि व्यवहार र सोचमा परिवर्तन नआउँदा हिंसाका घटनाले समाजलाई आक्रान्त बनाएको बताइन् ।
समाजमा व्याप्त विकृति र विसंगति अन्त्य नभइसकेकाले समतामुलक समाजको निर्माण गर्न कठिन भएको मन्त्री थापाको भनाइ छ । मन्त्री थापाले मन्त्रालयले सबै स्थानीय तहमा समतामुलक र सुरक्षित समाज निर्माणका लागि अभियान सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराइन् ।