आर्थिक चलखेलमा सडकका २६ डीईको सरुवा गरी मन्त्री विदेशतिर

आर्थिक चलखेलमा सडकका २६ डीईको सरुवा गरी मन्त्री विदेशतिर
राजनीति

सडक विभागअन्तर्गतका डिभिजनहरुमा २६ जना डीई(उपसचिव)काज सरुवा गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ २०७५ असोज १४ मंगोलियातिर लागेका हुन्  । असोज १२ मा सरुवा निकालेर उनी मंगोलियातिर लागेका छन् । सडक विभागका महानिर्देशक रविन्द्र श्रेष्ठलाई बाइपास गरी मन्त्री महासेठले सरुवा गरेको समाचार छ । स्रोतका अनुसार डीई सरुवामा ब्यापक आर्थिक चलखेल भएको स्रोतको दावी छ ।

समायोजनपछि मिलाउनेगरी काजसरुवा गर्न भौतिक मन्त्रालयका सचिव मधुसुदन अधिकारीले पनि मन्त्री महासेठलाई साथ दिएका छन् । आयोजनाहरुको अस्थायी दरबन्दी स्वीकृत नभएकाले सरुवा गरिएको छैन । डिभिजनहरुमा असोज १५ भित्रै सरुवा गर्नुपर्ने कानूनी प्रावधान छ ।

२६ वटा डिभिजनमा मुख्य मुख्य ठाउँमा चलखेल गरी सरुवा हुनेमा बुटवलका कैलाश श्रेष्ठ काठमाडौं डिभिजन, मेघराज मरासिनी दोहो¥याएर बुटवल गएका छन् । उनी १ बर्षअघिसम्म बुटवलमै कार्यरत थिए । उनले बुटवल डिभिजनमा हुँदा ३ अर्ब रुपैयाँको भुक्तानी गर्दा करोडौं रकम अनियमितता गरेको आरोप लागेको थियो ।

नेकपाका महासचिव बिष्णु पौडेलको सोर्समा   मरासिनी एक बर्षमै बुटवलमा फर्किन सफल भएको   स्रोतको दाबी । सडकका धनपति डीईमा गनिने मरासिनीलाई बुटवलमा सरुवा गर्न पौडेलले नै दबाब दिएको स्रोतको दाबी छ । त्यसैगरी धर्मेन्द्र झा चरिकोट डिभिजनमा सरुवा भएका छन् । उनी पनि नजराना बुझाएरै चरिकोटमा जान सफल भएको चर्चा छ ।

यसैगरी चरिकोट डिभिजनका अशोक तिवारी २ बर्षसम्म मस्तले कमाइ गरी विभागको पुलमा आएका छन् । अब उनी आकर्षक परियोजनामा सरुवा हुने दाउमा छन् । तिवारी मध्यपहाडी लोकमार्ग वा धरान चतरा आयोजना ताकिरहेका छन् । धरान चतरा पूर्वका आयोजना प्रमुख कर्णबहादुर रानाभाट पनि पुनः अर्को आयोजना ताकिरहेका छन् ।

सूर्य भाट हुलाकी सडकमा जाने दाउमा लागेको स्रोत  बताउछ । हुलाकीमा कुस्त बजेट छ । हुलाकीबाट विभागमा आएका श्याम खरेल मदन भण्डारी लोकमार्ग आयोजनामा तरमार्न जाने दाउमा छन् ।

त्यसैगरी ७ जना डीईलाई प्रदेशमा सरुवा गरिएको छ । प्रदेशमा सरुवा हुनुलाई सकडमा खेदिएको मानिन्छ । प्रदेशमा सरुवा हुनेमा ललितपुरका सन्तोष कर्ण कर्णाली प्रदेशमा सरुवा भएका छन् । उनी कांग्रेस नेता विमलेन्द्र निधिको कृपाले राम्रो ठाउँ पाउँदै आएकाले पनि जनकपुरकै मन्त्री महासेठले उनलाई प्रदेशतिर सरुवा गरेको बुझिएको छ । २ नं प्रदेशमा सीडीई अंगुठालाल पटेल, कृष्णराज ओझा गण्डकी प्रदेश, रामकुमार देव, विष्णु चौलागाई प्रदेशतिर सरुवा भएका छन् ।

यसैगरी भौतिक मन्त्रालयले २१ इन्जीनीयरलाई प्रदेशमा खटाएको छ । नयाँबाट १९ र पुरानाबाट २ इन्जीनीयरलाई प्रदेशमा खटाइएको छ ।

Post Comment