नेपाल टुक्राउन खोज्ने सिके राउत पक्राउ

नेपाल टुक्राउन खोज्ने सिके राउत पक्राउ
राजनीति

तराई मधेसमा राष्ट्रियता विरोधी गतिविधि सञ्चालन गर्दै आएका स्वतन्त्र मधेस गठबन्धनका अभियन्ता डा  सीके राउत राैतहटकाे गौरबाट पक्राउ परेका छन् ।

उनका साथमा अरु २ जना कार्यकर्ता पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले  जानकारी दिए ।

ढकालले राउतलाई राज्य विप्लवविरुद्धको कसुरमा आइतबार साढे ४ बजे गौरबाट पक्राउ गरिएको जानकारी दिँदै अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताए ।

जिल्ला अदालत रौतहटमा तारेख बुझाउन जाने क्रममा उनी पक्राउ परेको बताइएको छ ।

Post Comment