‘कांग्रेस कम्युनिष्टको काम छैन औचित्यहीन भइसके’ :रबिन्द्र मिश्र

‘कांग्रेस कम्युनिष्टको काम छैन औचित्यहीन भइसके’ :रबिन्द्र मिश्र
राजनीति

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले काठमाण्डुमा महल र करोडौंका गाडी चढेर समाजवाद नआउने स्पष्ट पारेका छन् । उनले पुराना पार्टीहरुले सपना मात्रै बाँडेकाले उनीहरुको औचित्य समाप्त भएको दाबी गरे ।

‘अहिलेको सरकारको कुरा गर्ने क्षमता छ, कल्पना बाँड्ने क्षमता छ’, मिश्रले भने, ‘देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने क्षमता शून्य छ ।’

शिक्षा र स्वास्थ्यमा लगानी गर्नेहरु कम्युनिस्ट र समाजवादी हुनै नसक्ने भन्दै उनले शब्दलाई खुकुलो र हल्का बनाएकोमा दुःख व्यक्त गरे ।

पुराना दलहरुको नेतृत्व सबै हिसाबले विफल भएकाले औचित्य समाप्त भएको उनको तर्क छ । ‘पुराना दल सबै हिसाबले औचित्यहीन भइसकेका छन्’, मिश्रले नयाँ पार्टीको आवश्यकतामा जोड दिँदै भने ।

साझा विवेकशील पार्टी संगठन निर्माणमा आक्रामक ढंगले पेश भएको जानकारी दिँदै उनले ३ महिने देशव्यापी अभियानले संगठन बलियो बनेको र आफ्नो पार्टी वैकल्पिक शक्तिका रुपमा अघि आउने दाबी गरे ।

Post Comment