राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने राजकीय भ्रमणका लागि दोहा प्रस्थान गरेकीछिन । राष्ट्रपति भण्डारी बिहान ११ बजेर ४० मिनेटमा कतार एयरवेजको जहाजबाट दोहा प्रस्थान गरेकी हुन । उनको स्वागतमा कतारको सडकमा नेपाली र कतारी झण्डा फहराइएको छ । भ्रमणको पहिलो दिन आज नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने राष्ट्रपति भण्डारीले भोलीबाट मात्र राजनीतिक भेटघाट गर्नेछिन ।