पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना

पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना
राजनीति

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । आज दिउसो मुख्य सचिव पशुपतिभक्त महर्जनलाई पठाएर प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बारे पूर्व राजा शाहले जानकारी पनि लिनु भएको छ ।

काठमाडौंको महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहनु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।

Post Comment