नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्डले सिंहदरबार बालात्कारी र भ्रष्टाचारीहरुलार्इ संरक्षण गर्ने र त्यसका मतियारहरुकाे अड्डा रहेकाे अाराेप लाएका छन् ।
उनले बुधबार कालिकोट शक्ति प्रदर्शनलगत्तै अायाेजना गरिएकाे जनसभालाई सम्बोधन गर्दै अाफ्नाे पार्टीले मुलुकभर रहेका त्यस्ता भ्रष्टाचारी र बलात्कारीलार्इ निशान बनाउने बताए ।
‘अब हाम्रो पहिलो निशाना नै भ्रष्टाचारी र बलात्कारी हुनेछन्,’ उनले भने, ‘अहिलेको सरकार र सिंहदरबार बलात्कारी र भ्रष्टाचारी संरक्षण गर्ने अड्डा हो ।’ उनले सरकार स्वयं अपराधीहरुकाे मतियार बनेकाे अाराेप लगाउँदै अब अपराधीहरुलाई अब नेकपाले जनकारबाही गर्ने दाबी गरे ।
जनसभामा जिल्लाका ९ वटै स्थानीय तहबाट हजारौँ नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।