ओली सरकारको बिरोध गर्नेहरु प्रतिक्रियावादी हुन : अध्यक्ष पौडेल

ओली सरकारको बिरोध गर्नेहरु प्रतिक्रियावादी हुन : अध्यक्ष पौडेल
राजनीति

युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सवैभन्दा राम्रो काम गर्ने सरकारको रुपमा प्रमाणित भइसकेको भन्दै बिरोध गर्नेहरु पार्टी भित्र वा बाहिर जहाँसुकैका भएपनि प्रतिक्रियावादी भएको दावी गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीकै योजना र कामबाट आम नेपालीको भविश्य उज्ज्वल रहेको र अटल बिश्वास रहेको पनि पौडेलले उदघोष गर्नुभयो ।

‘इतिहासमा अहिलेको जतिको प्रगतिशील, गतिशील र सक्षम सरकार कहिल्यै थिएन, तर दुनियाभरका प्रतिक्रियावादीहरु समृद्ध नेपाल निर्माण नहोस, नेपाल आत्मनिर्भर नहोस भनेर घेरावन्दीमा लागे, सरकार घेरावन्दी चिर्दै समृद्धिको मार्गमा अघि बढिरहेको छ,’ अध्यक्ष पौडेलले जनताटाइम्ससँग भन्नुभयो ।

उहाँले प्रधानमन्त्री ओली नेतृत्वको बर्तमान सरकारको बिरोध गर्नेहरु जुनसुकै देश वा पार्टीको भएपनि प्रतिक्रियावादीका सेवक भएको ठोकुवासमेत गर्नुभयो ।

‘ओली नेतृत्वकै सरकारले मुलुकको मुहार फेर्छ, जनतामा खुसी ल्याउन काम गरिरहेको छ, कोही भ्रममा पर्न जरुरी छैन, हाम्रो पार्टीभित्रका नेताहरुबारे पनि भ्रम नराखौं, यो सरकारलाई साथ नदिनेहरु प्रतिक्रियावादी हुन, कोही भ्रममा पर्न जरुरी छैन,’ पौडेलले भन्नुभयो ।

युवा अभियानलाई नियालीरहेका युवासंघका महासचिव किरण पौडेलले पनि प्रतिक्रियावादीहरु निकैसलबलाएकोले युवाहरुले स्वतःस्फुर्त अभियान चलाएको बताउनु भयो । उहाँले अव सरकारलाई काम गर्न नदिने षडयन्त्र चिर्न युवाहरुले खवरदारी गर्ने घोषणासमेत गर्नुभयो ।

Post Comment