कार्यालय सहयोगीको तलबसमेत आफैँ खान्छन् कांग्रेसका सभापति देउवा

कार्यालय सहयोगीको तलबसमेत आफैँ खान्छन् कांग्रेसका सभापति देउवा
राजनीति

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यालय सहोगीको तलब समेत आफैँले खाने गरेको खुलासा भएको छ । कार्यालय सहयोगी नै नराखी कार्यालय सहोगीको तलब सभापति देउवाले खाँदै आएका छन ।

संघीय संसद सचिवालयले सभापति देउवाको बैंक खातामा दुई कार्यालय सहोगीको तलब पठाउने गरेको छ तर देउवाले एउटा पनि कार्यालय सहयोगी नराखी तलब आफैँले खाँदै आएका छन ।  सभापति देउवाले स्वकीय सचिव र कम्प्युटर अपरेटरमा दुई जना नियुक्त गरेर तलब दिँदै आएका छन ।

उनले स्वकीयमा डडेलधुराका वीरेन्द्रबहादुर थापा र कम्प्युटर अपरेटरमा तेजबहादुर भण्डारीलाई नियुक्त गरेको संसद सचिवलायलाइ जानकारी दिएका छन । संसद सचिवालयले उनको बैंक खातामा दुई कार्यालय सहयोगीसहितका लागि एक लाख २६ हजार तलब पठाइदिने गरेको छ ।

Post Comment