‘भ्रष्टाचारीहरु देशका धमिरा हुन् समाप्त पार्नुपर्छ’ : खगराज अधिकारी

‘भ्रष्टाचारीहरु देशका धमिरा हुन् समाप्त पार्नुपर्छ’ : खगराज अधिकारी
राजनीति

सत्तारुढ दल नेकपाका नेता एवम् सांसद खगराज अधिकारीले वाईडबडी खरिद प्रकरणमा कोही पनि दोषी उम्किन नपाउने स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, ‘सरकारले भ्रष्टाचारबारे सुन्य सहनसिलता अपनाएको छ । यो प्रकरणमा पनि स्वतन्त्र न्यायिक छानबिन समितिले पनि काम गरिरहेको छ । दोषीले उन्मुक्ति पाउँदैनन् ।’

वर्तमान सरकारले भ्रष्टाचार जरैदेखि उखल्ने अठोट लिएको सुनाउँदै उनले न्यायिक आयोगले अहिले छानबिन गरिरहेको सुनाउनुभयो । उहाँले भ्भनुभयो, ‘न्यायिक समितिले निश्पक्ष र स्वतन्त्र रुपमा छानबिन गरिरहेको छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले आफू यो प्रकरणमा संलग्न नभएको बरु ओली र प्रचण्ड नै संलग्न छन् भनेर आरोप लगाउनुभएको छ नि भनेर सोधेको प्रश्नमा उहाँले भन्नुभयो, ‘यो देउवाको छटपटीको आक्रोश हो । आकाशतिर थुक्दा आँफ्नै अनुहारमा थुक पर्छ ।’

उनले भ्रष्टाचारी, ठग र ढाँटहरु देशका धमिरा भएकोले यीनीहरुलाई समाप्त पार्नुपर्ने जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘यो प्रकरणमा जत्रो नेता भएपनि कोही पनि दोषी उम्किन पाउँदैनन् ।’ उनले यो प्रकरणमा सरकारले ढाकछोप नगरेको पनि जिकिर गरे । अधिकारीले भने,‘सरकारले भ्रष्टाचारीहरुलाई खोजी–खोजी ठाउँको ठाउँ कारबाही गर्छ ।’

आफ्नो पार्टी यो प्रकरणमा मौन नभएको पनि उनले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी बरु न्यायिक छानबिन समितिलाई प्रतिकुल असर नपरोस भनेर सचेत छ ।’ सरकारलेमात्रै नभएर सरकार, संसद तथा न्यायिक छानबिन समितिले पनि कार्यसम्पादन गर्दा जनतालाई गुमराहामा राखेर कसैको छाला बचाउने काम गर्न नहुने उहाँले धारणा राख्नुभयो ।

Post Comment