प्रधानमन्त्रीलाई सांसद अधिकारीको प्रश्न:धनाढ्यहरुले विदेशी बैंकमा सम्पत्ती राखेको बारे सरकारको धारणा के हो ?

प्रधानमन्त्रीलाई सांसद अधिकारीको प्रश्न:धनाढ्यहरुले विदेशी बैंकमा सम्पत्ती राखेको बारे सरकारको धारणा के हो ?
राजनीति

नेकपा गण्डकी प्रदेश सहइन्चार्ज तथा प्रतिनिधि सभा सांसद खगराज अधिकारीले हालै मिडियामा सार्वजनिक भएको कालो धनलाई सेतो बनाउने र गैरकानूनीरुपमा विदेशमा लगानी भएको भन्ने समाचारका बारेमा सरकारको जवाफ मागेका छन् ।

प्रतिनिधिसभामा आज संसद् नियमावलीअनुसार पहिलोपटक शुरु भएको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरका क्रममा प्रश्न राख्दै सांसद अधिकारीले भने ः ‘हालै नेपालमा कालेधनको चलखेल र केही नेपाली धनाढ्यहरुले विदेशी बैंकमा सम्पत्ती राखेको बारे समाचार सार्वजनिक गरेको छ यसबारे यर्थाथ के हो ? अविलम्ब छानविन आयोग बनाइ छानविन बारे सरकारको तयारी कस्तो छ’

उत्तरमा प्रधानमन्त्री ओलीले देशलाई घाटा र नोक्सान पार्ने काममा कुनै सहिष्णुता हँुदैन, यस्ता कार्य नियन्त्रण गर्न कानून कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताए ।

‘समाचारबाट त्यसबारेमा जानकारी पाएका छौं, यस सम्बन्धमा आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाइ सरकार कानून बमोजिम अघि बढ्नेछ’, उनले भने ।

कानूनविपरीत लगानी गरेको सम्बन्धमा सरकार सजग रहेको र यसमा सरकारको ध्यान गएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

Post Comment