राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुननसक्ने बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चाद्वारा तानसेनमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले धर्म निरपेक्षको विकल्पमा धर्म सापेक्ष हुन नसक्ने धारणा राख्नुभयो । उहाँले नेपालमा सङ्घीयताका कारण खर्च बढेर देशले धान्न नसक्ने बताउनुभयो । सङ्घीय संरचनामा सङ्घ, प्रदेश र स्थानीय तहबीच राम्रो सम्बन्ध नभएको समेत नेता उहाँको जिकिर छ ।